जारी रुस र युक्रेनको युद्धमा रुसको पक्षमा नबोल्ने मुलुकका नागरिकलाई रुसले भिसा नदिने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिमा मुलुकले रुसको विरोध गर्दै आएका छन् । राष्ट्रपति पुटिनले आफूहरूलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने रणनीति लिएका हुन् ।
रूसले आफ्नो देशलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई भिसा नदिने आदेशपत्रमा हस्ताक्षर गरेको छ। रुसले मस्कोका नजरमा ‘मैत्रीपूर्ण’ ठहर नभएका मुलुकका नागरिकलाई भिसा जारी नगर्ने आदेशपत्रमा सोमबार हस्ताक्षर गरेको हो।
रुस र युक्रेनबीच युद्ध सुरु भएपछि रुसमाथि अमेरिका, क्यानाडा र बेलायतलगायत युरोपेली मुलुकले आर्थिक प्रतिबन्ध लगाएका छन्। यो कदमप्रति रुष्ट रुसले यस्तो कदम चालेको हो।
समेबार जारी भएको आदेशपत्र अनुसार रूसले नर्वे, स्वीट्जरल्याण्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ।
रुसले जारी गरेको आदेशपत्रले रूसी विदेश मन्त्रालयलाई रूसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्ता मुलुकका कानुनी निकायलाई रूस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको हो। यो खबर रोयर्टसमा छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।