युक्रेन सँग पुटिनले हारेको पश्चिमा मुलुकको दाबी गर्दै आएका छन् । युक्रेनको राजधानीलाई घेरा हालेर युक्रेन सरकारलाई अपदस्त गर्ने रणनीतिमा रहेका पुटिन असफल बन्दै गएको अमेरिका लगायत पश्चिमा मुलुकको दाबी छ । पुटिनले सोचेअनुसार युक्रेनको राजधानी किभ कब्जा गर्न नसकेपछि किभ छोडेर रुसी सेना फर्कन थालेको समेत पश्चिमा मुलुकहरूको दाबी छ ।
किभ नजिकैका सबै रणनीतिक क्षेत्रहरूमा रुसी सेनालाई हराउँदै युक्रेनी सेनाले पुन आफ्नो नियन्त्रणमा ल्याउन सफल भएका छन् । किभ नजिकैका इर्पिन, बुचा, होस्टोमेल लगायतका क्षेत्रमा केही हप्ताको भीषण भिडन्तपछि रुसी सेनालाई हराउँदै युक्रेनी सेनाले नियन्त्रणमा लिएको भ्वाइस अफ अमेरिकाले जनाएको छ ।
रुसी नियन्त्रणमा रहेका दक्षिणी युक्रेनी शहरहरूमा पनि युक्रेन समर्थन प्रदर्शनकारीले रुसी नियन्त्रणका विरोधमा लगातार प्रर्दशन गरिरहेका छन् । प्रदर्शन दबाउन रुसी सेनाले हिंसात्मक उपाय अवलम्बन गरिरहेको र आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् ।
युक्रेनमा अपेक्षित सैन्य सफलता हासिल गर्न नसकेपछि रुसी सेनाले अन्धाधुन्द आक्रमण जारी राखेको छ । युक्रेनी तेल भण्डारहरूमा रुसले लगातार आक्रमण गरिरहेको छ। युक्रेनी तेल भण्डारहरुमा रुसले गरेको आक्रमणले निभाउन युक्रेनी आकस्मिक सेवाका कर्मचारीहरूलाई हम्मे हम्मे परिरहेको छ ।
युक्रेनी सशक्त प्रतिरोधप्रति फर्कन बाध्य भएका रुसी सेनाले फर्कने क्रममा माइन लगायत धरापहरु राखेर हिँडेका छन् । आन्दोलनकारीलाई तितरबितर पार्न कतिपय स्थानमा रुसी सेनाले स्टन ग्रिनेड लगायत हतियार प्रहार गरिरहेको बीबीसीले जनाएको छ । युक्रेनको राजधानी लगायत सम्पूर्ण क्षेत्र कब्जा गर्ने उदेश्यमा असफल भएपछि रुसी सेना युक्रेनको पूर्वी भाग कब्जा गरी मुलुक टुक्राउन सक्रिय रहेको हुनसक्ने विश्लेषकहरूको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।