धेरै मानिसहरूलाई छिटो छिटो पिसाब लागेर हैरान भएका हुन्छन् तर सामान्य समस्या होला भनेर मान्छेले बेवास्ता गर्ने गर्छन् । तर छिटो छिटो पिसाब लाग्नु रोगको लक्षण पनि हुन सक्छ ।
दिनमा पाँचचोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।
छिटछिटो पिसाब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।
दही
दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।
तिल
कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।
मह र तुलसी
एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।
अनार
अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।
मेथी
मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।
-एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।