काठमाडौं । महिनौ दिन बितिसक्दा पनि रूस–युक्रेन युद्ध अहिले पनि जारी छ। रुसले युक्रेनमा आक्रमण गरेदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका शत्रुको सूचीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शीर्ष स्थानमा छन् ।
राष्ट्रपति जेलेन्स्कीको जीवन निरन्तर खतरामा छ। युद्ध सुरु भएदेखि नै उनी बंकरमा बस्दै आएका छन् । एक महिनाभन्दा बढी समयदेखि राष्ट्रपति जेलेन्स्की दुई घण्टा मात्र सुत्ने गरेका छन् । हरेक तीन–चार दिनमा उनी बंकरबाट बाहिर आउछन् । उनको परिवार उनीबाट टाढा कतै बंकरमा लुकेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफ्नो अधिकांश समय बंकरमा बिताउँछन् । ४४ वर्षीया जेलेन्स्कीकी पत्नी ओलोन जेलेन्स्की हरेक दिन आफ्नो पतिको सुरक्षाको लागि प्रार्थना गर्छिन्।
डेली मेलको एक रिपोर्टका अनुसार, युक्रेनमा रुसी सेनाको तालाबन्दी अझै जारी छ । राष्ट्रपति जेलेन्स्कीकी श्रीमती र छोराछोरी पनि रुसी आक्रमणकारीबाट जोखिममा छन्। युक्रेनी राष्ट्रपतिकी पत्नी ओलेना जेलेन्स्की अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । युक्रेनमा भएको सामुहिक चिहान र विनाशको तस्बिर सार्वजनिक गर्दै उनले पश्चिमा राष्ट्रहरूलाई कारबाही गर्न र यो नरसंहार रोक्न आग्रहसमेत गरिन् ।
ओलेना जेलेन्स्की आफ्नो पतिको बारेमा धेरै चिन्तित छन्। उनी भन्छिन्, ‘फेब्रुअरीमा भएको आक्रमणपछि उनलाई दर्जनभन्दा बढी पटक हत्या गर्ने कोसिस गरिएको छ तर पनि उनी बाँचेका छन्। युक्रेनका अन्य महिलाहरू जस्तै, म पनि मेरो श्रीमानको कुरालाई लिएर डराउँछु। हरेक बिहान मेरो पतिलाई फोन गर्नु अघि, म सबै कुरा चाँडै ठीक होस् भनेर प्रार्थना गर्छु। मलाई थाहा छ कि मेरो श्रीमान् धेरै बलियो र सहनसिल हुनुहुन्छ, तर पनि म प्रार्थना गर्दछु कि भगवानले उहाँलाई उहाँका देशवासीहरूको हितमा लडाई जित्ने साहस प्रदान गर्नुहोस्।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।