श्रीलंका इतिहासकै सबैभन्दा गम्भीर आर्थिक संकटमा फसेको छ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा संकटकाल लगाइएको खवरहरु सार्वजनिक भएका छन् । आर्थिक मन्दी र विद्युत् कटौतीको चर्को विरोधका बीच सरकारले शनिबार साँझ ५ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि ३६ घण्टा राष्ट्रव्यापी कर्फ्यूको घोषणा समेत गरेको छ ।
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार राति एक विशेष राजपत्र सूचना जारी गर्दै श्रीलंकामा अप्रिल १ देखि तत्काल लागू हुने गरी सार्वजनिक संकटकाल घोषणा गरेका छन्। यसको विरोधमा सयौं वकिलहरूले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई संकटकाल खारेज गर्न आग्रह गरेका थिए।
सरकारले आर्थिक संकटसँग जुध्न नसकेको भन्दै ठूलो संख्यामा जनताले राष्ट्रपति निवासबाहिर प्रदर्शन गरेका थिए। यस सम्बन्धमा प्रहरीले ५४ जनालाई पक्राउ गरेको थियो ।
तर, अदालतले अधिकांशलाई धरौटीमा रिहा गर्न आदेश दिँदै प्रहरीलाई सबैमाथि हिंसामा संलग्न भएको व्यक्तिगत प्रमाण पेश गर्न भनेको छ । प्रहरीले यसो गर्न नसक्ने वकिलहरुको भनाइ छ । श्रीलंका आर्थिक सङ्कटमा फसेपछि सरकाको विरोधमा दिनौ जसो प्रदर्शन हुँदै आएका छन् । कागजको अभावमा विद्यार्थी हरुले समेत परिक्षा दिन नसक्ने अवस्था श्रीलङ्काको भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।