लामो समय देखि जारी रुस युक्रेन युद्दमा युक्रेनले आफ्नो राजधानि किभ पुर्ण रुपमा आफ्नो नियन्त्रणमा रहेको दावी गरेको छ । युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको बताएको हो । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो । यद्यपि रूसको तर्फबाट भने यो कुराको पुष्टी हुन सकेको छैन ।
रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल छोडेका छन् । सोही विमानस्थल नियन्त्रणमा लिएर रुसले आक्रमण गर्दै आएको थियो ।
टर्कीमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनालाई पछि हटाएको बताइएको छ । यद्यपि पश्चिमा देशहरुले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन् । युक्रेनका इरपिन, बुका, होस्टमेल लगायतका क्षेत्रबाट रुसी सेना फिर्ता हुँदै गएका बीबीसीले जनाएको छ ।
अलजजिराका अनुसार इरपिनका मेयरले भने इरपिनको अवस्था अझै पनि खतरनाक रहेको बताएका छन् । पश्चिमा मुलु्क हरुले युद्धको कारण रुस झनै कमजोर बन्दै गएको बताएका छन् । रुसले युक्रेनको राजधानी किभ नियन्त्रणमा लिन नसकेको समेत पश्चिमा मुलुकहरूको ठहर छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।