शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

१३२ जना सवार दुर्घटनाग्रस्त विमानको विषयमा आयो यस्तो खबर


  • शनिबार, चैत्र १२ २०७८
9.8K
SHARES

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ ।उद्धार कार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।

दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । कुनमिङबाट गोआन्झाउका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान सोमबार दिउँसो २ः ३८ बजे वुझाउ सहरको टेङ्क्सियान काउन्टीको मोलाङ गाउँ नजिकैको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

यो पनि हेर्नुहोस् ।
बेइजिङको आधारभूत प्रदूषण दरमा ३३ प्रतिशतले कमी

बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा आधारभूत वायु प्रदूषण सूचकांकमा ३३.३ प्रतिशतले कम भएको देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जनवरी–फेब्रुअरीको अवधिमा यस शहरको प्रदुषणको २.५ औसत एकाग्रता (पीएम) प्रति घन मिटर ३४ माइक्रोग्राम रहेको बेइजिङ नगर पर्यावरण तथा वातावरण ब्यूरोले जनाएको छ । बेइजिङमा गत दुई महिनामा कुनै गम्भीर प्रदूषित दिन नभएको रिपोर्ट गरिएको छ ।

फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ शीतकालीन ओलम्पिक अवधिको दौडान यस शहरको पीएम २.५ सूचकाङ्क प्रति घन मिटर २३ माइक्रोग्राम रहेको थियो । पीएम २.५ सूचकाङ्क माइक्रोन वा त्यसभन्दा कम व्यासका वायुबाट उत्पन्न कणहरूको निगरानी गर्ने गेज हो ।

यी कणहरू मानिसहरूको फोक्सोको गहिरो भागसम्म प्रवेश गर्न सक्छन् र स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न गर्न सक्छन् । गत वर्ष यो शहर राष्ट्रिय वायु गुणस्तरको मापदण्डलाई अपनाउने घोषणासँगै बेइजिङले आफ्नो वायु प्रदूषण नियन्त्रणमा सफलता हात पारेको होे ।

सन् २०२१ मा यस शहरको औसत पिएम २.५ प्रति घन मिटर ३३ माइक्रोग्राम थियो । यो सन् २०१३ मा रेकर्ड सुरु भएदेखिको सबैभन्दा कम स्तर हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा