जो बाइडेनले नेटोमा हाल देखिएको एकताको पुटिनले कहिल्यै आश नगरेको बताए। ब्रसेल्समा भएको नेटो शिखर सम्मेलनमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले नेटोमा हाल भएको एकता पहिले कहिल्यै नदेखिको बताए।
उनले सो एकताको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कल्पना पनि नभएको बताउँदै भने, ‘पुटिनलाई नेटोका सदस्य युद्धको समयमा विभाजन हुन्छन् जस्तो लागेको थियो।’
संयुक्त राज्य अमेरिकाले बिहीबार नेटो शिखर सम्मेलनमा ४०० व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ।
जसमा ३०० डुमा (रूसी संसदको तल्लो सदन), केही कुलीन वर्ग र केही रक्षा कम्पनीहरू छन्।
पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यदि रुसले रासायनिक हतियार प्रयोग गर्छ भने अमेरिकाले जवाफ दिनेछ र त्यो जवाफको प्रकृति प्रयोग गरिएको हतियारको प्रकृतिमा निर्भर हुनेछ।’
बाइडेनले आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई यदि उनले रुसलाई सहयोग गरे भने यसले अमेरिका र युरोपेली संघसँगको चीनको आर्थिक सम्बन्धलाई ‘महत्वपूर्ण जोखिममा’ पुर्याउनेछ भन्ने कुरा स्पष्ट पारेको बताए।
जी२० लाई उल्लेख गर्दै बाइडेनले भने, ‘म रसियालाई जी२० बाट बाहिरिएको हेर्न चाहन्छु, तर यदि त्यो सम्भव छैन भने, युक्रेनले पर्यवेक्षकको रूपमा यसमा भाग लिनुपर्छ।’ उनले यस्तो समयमा पश्चिमा देशहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
रुसमा लगाइएको प्रतिबन्धह लामो समयसम्म जारी राख्ने उनले बताए। नेटोक सदस्य एकजुट भएर पुटिन कति क्रूर छन् भन्ने बुझाउनु पर्नेमा ध्यान दिनु पर्ने उनले बताए। बीबीसी