शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेटो बैठकमा जेलेन्स्कीको भावुक सम्बोधन, ‘हामी जिउँदो रहन चाहन्छौं’


  • बिहिबार, चैत्र १० २०७८
14.5K
SHARES

फाइल तस्विर

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको एक महिना लामो युद्धलाई विनाशको कालो महिना र बहादुरीका रुपमा सुरक्षाको महिना भनेका छन् ।नेटो शिखर सम्मेलनमा आफ्नो भिडियो लिङ्कमार्फत जेलेन्स्कीले उनी युक्रेन पश्चिम र रुस बीचको ग्रे जोनमा अड्किएको मान्ने बताएका छन् । उनले युक्रेन गठबन्धनको हिस्सा नभएपनि यसले साझा मूल्यहरूको रक्षा गरिरहेको बताए ।

जेलेन्स्कीले युक्रेन बहादुरीका साथ उभिएको तर यसले यसको लागि ठूलो मूल्य चुकाएको पनि जानकारी दिए । उनले हजारौं मानिसहरू मरे, शहरहरू ध्वस्त भए र करिब एक करोड मानिसहरू विस्थापित भएको जनाए । जेलेन्स्कीले आफूहरुले आफ्नो आकाशको रक्षा गर्नका लागि एयरस्पेस सहायता मागिरहेको बताए । युक्रेनसँग कुनै शक्तिशाली एन्टि–एयरक्राफ्ट प्रतिरक्षा नभएको उनको भनाइ छ। उनले रुसले सामूहिक नरसंहारका हतियार प्रयोग गरिरहेको र त्यसको नतिजा पनि प्रष्ट देखिएको दाबी गरे ।

जेलेन्स्कीले भने, ‘हामी एक महिनादेखि असमान युद्ध लडिरहेका छौं। युक्रेनका जनता र शहरहरूलाई बचाउनको लागि सैन्य सहयोगको लागि आह्वान गर्दछु।’ उनले रुसले आफ्ना सबै हतियार बिना सीमा प्रयोग गरिरहेको बताए । उसले आवासीय सहर, अस्पताल र पुलहरूलाई लक्षित गरेको बताए ।जेलेन्स्कीले भने, ‘युक्रेन वर्षौंसम्म युद्ध लड्न चाहँदैन । हामी श्रीप जिउँदो रहन चाहन्छौं र आना नागरिक बचाउन चाहन्छौं ।’

उनले आफूले नेटोलाई दोषी नठहराएको जनाए । नेटोले अहिले पनि मद्धत गर्न सक्ने उनको भनाई छ। ‘युक्रेनले विमान पनि फेला पारेको छैन। हामीलाई हतियार दिनुहोस् नत्र बेच्नुहोस् । तर हामीले यस सम्बन्धमा नेटोबाट कुनै स्पष्ट जवाफ पाएका छैनौं।’
उनले भने, ‘यो जीवन र मृत्युको प्रश्न हो ।’ आफ्नो सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले फस्फोरस बम प्रयोग गरेको आरोप पनि लगाए । यद्यपी उनले ती बमहरू कहाँ प्रयोग गरियो भन्ने भने खुलाएनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा