शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अन्तत: १३ देशबाट एक्लिएका पुटिनलाई चीनले दियो साथ


  • बिहिबार, चैत्र १० २०७८
12.9K
SHARES

रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा प्रस्तुत गरेको युक्रेनसम्बन्धी प्रस्ताव विफल भएको छ। त्यसलाई केवल रुस र चीनले मात्र समर्थन गरेका थिए। बाँकी सबै १३ सदस्य मुलुक मतदानमा सहभागी भएनन्।

उक्त मस्यौदा प्रस्तावले युक्रेनमा सहायता सामग्रीको ढुवानी तथा गैरसैनिकको रक्षाको आह्वान गरिएको थियो। तर त्यसमा युक्रेन सङ्कटमा रुसको जिम्मेदारी उल्लेख थिएन। युक्रेनले आफ्नै तर्फबाट मानवीय सहायताको प्रस्ताव यसै साता महासभामा प्रस्तुत गर्दैछ।

महासभामा रुसको भिटो लाग्दैन। रुसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याइदिएको नकार्न अब झन् कठिन हुनेछ।

अतिरिक्त क्षेप्यास्त्र

यसैबीच, यूके सरकारले युक्रेनी फौजलाई थप ६ हजार क्षेप्यास्त्र दिने भएको छ।ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले उनको देशले युक्रेनलाई करिब ६,००० अतिरिक्त क्षेप्यास्त्र दिने घोषणा बिहीवार गर्दैछन्।

ब्रसल्समा उत्तर एट्लान्टिक सन्धि सङ्गठन र जी सेभेनका नेताहरूको बैठकमा जोन्सनले युक्रेनी सैनिक तथा पाइलटहरूको भुक्तानीका लागि २ करोड ५० लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउने योजना पनि सार्वजनिक गर्नेछन्।

सो क्षेत्रमा युक्रेनी र रुसी भाषा सेवाहरूका निम्ति यूके सरकारले ४१ लाख पाउन्ड स्टर्लिङ उपलब्ध गराउनेछ।
यसअघि यूकेले करिब ४,००० क्षेप्यास्त्र युक्रेनी फौजलाई उपलब्ध गराइसकेको छ।

ब्रिटिश अधिकारीहरूका अनुसार पछिल्लो सहायता यसअघि मानवीय तथा आर्थिक सहायताका लागि घोषणा गरिएको ४० करोड पाउन्ड स्टर्लिङभन्दा अतिरिक्त हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा