बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

गर्भवती महिलालाई किन लाग्छ ‘वाकवाकी’ ?


  • KTM Khabar
  • बुधबार, चैत्र ९ २०७८
10.2K
SHARES

फाइल तस्विर

सामान्यतया गर्भावस्थामा महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ । यो हरेकजसो महिलाहरुमा देखिने समस्या हो । यस्तो किन हुन्छ त ? चिकित्सकहरूका अनुसार, गर्भावस्थामा महिलामा आउने एचसिजी हर्मोनका कारण वाकवाकी र रिंगटा लाग्ने गर्दछ । यो हर्मनलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ ।

अध्ययन अनुसार, गर्भावस्थामा आउने यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँदछ । यसबाहेक स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्दछ ।

गर्भवती अवस्थामा वान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार, वाकवाकी लाग्न गर्भवती भएको ४ देखि ८ हप्ताबाट शुरु हुन्छ । र, यो क्रम १३ देखि १४ हप्तासम्म नै रहन्छ । कसैकसैलाई भने यो भन्दा बढी समय सम्म पनि यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर पेटमा भएको बच्चालाई भने कुनै असर हुँदैन ।

धेरै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । विहान उठ्नुअगाडि भिजाएर राखेको गेडागुडी खानुपर्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा