शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भारतको हैदरावादमा भिषण आगलागी ११ जनाको मृत्यु


  • बुधबार, चैत्र ९ २०७८
9.3K
SHARES

संकेत तस्बिर

भारतमा हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एउटा स्क्र्याप गोदाममा आगलागी भएको छ। आगलागीमा परेर अहिलेसम्म ११ कामदारको मृत्यु भएको बीबीसीमा समाचार छ।

मृत्यु हुने मजदुरहरु विभिन्न राज्यका थिए ।  अबेर राति आगलागी हुँदा गोदाममा १२ जना कामदार रहेका स्थानीयले बताएका छन् ।

तीमध्ये एक जना कामदार सकुशल भाग्न सफल भएका छन् । यस दुर्घटनाले गहिरो दुःख लागेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

योसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । मृत्यु भएका ११ जनामध्ये ८ जना २० देखि ३० वर्षका र दुईजना ३० वर्षभन्दा माथिका र एकजना ४० वर्षका कामदार रहेका प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटनापछि आठ दमकल घटनास्थलमा पठाइएको थियो । अहिले परिस्थिति नियन्त्रणमा छ । आगलागीको कारण भने खुल्न सकेको छैन । गोदाममा रक्सीका खाली बोतल र ग्यास सिलिन्डर पनि फेला थिए। बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा