युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको सिधा वार्ताका लागि पटक पटक आह्वान गरेका खबर बाहिरिएका छन् ।
जारी युद्ध रोक्ने एक मात्र विकल्प पुटिनसँगको सिधा वार्ताबाट मात्रै सम्भव रहेको उनले उल्लेख गर्दै जेलेन्स्कीले पटक पटक आह्वान गरे पनि वार्ता गर्न रुस तयार देखिएको छैन । रुसले अहिल्यै वार्ता गर्ने अवस्था नभएको बताइसकेको छ ।
युक्रेन र रुसका प्रतिनिधिबिच विभिन्न चरणको वार्ता भए पनि हालसम्म कुनै प्रगति हासिल भएको छैन । युक्रेनका बिदेशमन्त्रीले समेत राष्ट्रपति स्तरीय सिधा वार्ता गर्ने मनसाय युक्रेनको रहेको बताई सकेका छन् । युद्धको आदेश पुटिनले दिएको र त्यसलाई रोक्ने निर्णय पनि उनले नै गर्न सक्ने आफूहरूलाई थाहा रहेको बिदेशमन्त्रीले बताएका हुन् । सोही कारण पुटिनसँगको सिधा वार्ताका लागि आफूले जोड दिँदै आएको युक्रेनका बिदेशमन्त्रीको आशय छ ।
कुनै पनि संरचनामा पुटिनसँग सिधा वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आह्वान गरेका हुन् । उनले भनेका छन्, ‘सिधा वार्ता बिना उनीहरु यो युद्ध रोक्नका लागि के चाहन्छ वा के गर्न तयार छन् भन्ने थाहा हुँदैन ।’
जेलेन्स्कीले कुनै पनि अवस्थामा आक्रमणकारी समक्ष आत्मसमर्पण नगर्ने बताएका छन् । रुसी आक्रमणकारीले आत्मसमर्पण गराउन खोज्दा पूरै शहरहरु ध्वस्त पार्ने पुटीनको योजना बुझेको युक्रेनी राष्ट्रपतिको भनाई छ ।
रुस युक्रेनले आत्मसमर्पण गरोस् भन्ने चाहाना राखेको बुझ्न सकिन्छ । अत्याधुनिक हतियारको समेत प्रयोग गरेर युक्रेनमा हमला गर्दै आएको रुसको युक्रेनलाई निःशस्त्रीकरण गर्ने रणनीतिमा रहेको र आफू अनुकूल युक्रेनलाई चलाउने चालमा पुटिन रहेको बुझ्न सकिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।