राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच सीधा वार्ता हुनु पर्ने युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले भनेका खबर बाहिरिएका छन् । रुसी राष्ट्रपति पुटिनको कार्यालयले अहिल्यै वार्ताको समय भई नसकेको बताएका बेला युक्रेन राष्ट्रपति स्तरीय वार्ता गर्न चाहन्छ । रुस भने हतियार बाटै युक्रेनलाई कब्जा गर्ने नीति लिएको बुझ्न सकिन्छ ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सीधा वार्ता हुनु पर्ने युक्रेनी विदेशमन्त्री कुलेबाले बताएका हुन् । युक्रेनमाथि आक्रमणको आदेश दिने पुटिन नै रहेकाले उनैसँग जेलेन्स्कीको सीधा वार्ता हुनु पर्ने कुलेबाको भनाइ छ ।
टेलिभिजनमा प्रत्यक्ष प्रशारित सम्बोधनमा विदेशमन्त्री कुलेबाले भनेका छन्, ‘हामी लामो हाम्रा राष्ट्रपति र भ्लादिमिर पुटिनबीच वार्ता होस् भन्ने चाहन्छौँ । हामी सबैलाई थाहा छ कि रुसमा अन्तिम निर्णय गर्ने नै पुटिन हुन् ।’
‘हाम्रो राष्ट्रपति कुनै पनि कुरासँग डराउनु हुँदैन, पुटिनसँगको सीधा वार्तासँग डराउनु हुँदैन’, उनले भनेका छन्, ‘यदी पुटिन पनि डराउँदैनन् भने उनलाई आउन देउ, वार्तामा बस्न देउ ।
रुस युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको अवस्थामा युक्रेन पुटिन सँग सिधा वार्ता गरेर युद्धलाई रोक्न चाहन्छ । रुसको रणनीति युक्रेनलाई युद्धबाटै कमजोर बताएर राष्ट्रपति जेलेन्सकीलाई आत्मसमर्पण द्वारा युक्रेनलाई निःशस्त्रीकरण गर्ने रणनीतिमा रहेको बुझ्न सकिन्छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन झुकेन भने आफ्नो नाम मेटिने धम्की दिएका खबर हरू समेत बाहिरिनुले रुस युक्रेनसाम कुनै पनि हालतमा झुक्ने देखिदैन । र युक्रेनी राष्ट्रपति पनि आफ्नो मुलुकको स्वतन्त्रताका निम्ति रुस सँग नझुक्ने बताएका छन् । दुवै देशका प्रमुखहरूको अडानले युद्ध अझै चर्किने र युक्रेनले अझै ठुलो जनधनको क्षति बेहोर्नुपर्ने अवस्था आउने देखिन्छ ।