शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

‘रुसकै रक्षा मन्त्रालयले युक्रेन युद्धमा हाम्रा १० हजार सैनिक मारिएको’ भनेपछि…


  • मंगलबार, चैत्र ८ २०७८
18.2K
SHARES

photo: Agency

युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म झन्डै १० हजार रुसी सैनिक मारिएको रुसको सरकार समर्थित एक वेबसाइटले उल्लेख गरेको छ।
सोमबार कोम्सोमाल्स्कायाले रुसको रक्षा मन्त्रालयलाई उल्लेख गर्दै ९ हजार ८६१ रुसी सैनिक युद्धका क्रममा मारिएको उल्लेख गरेको हो।

केही समयपछि हटाइएको उक्त पोस्टमा १६ हजार १५३ सैनिक घाइते भएको उल्लेख छ।पछि उक्त पोस्टको विषयमा स्पष्टीकरण दिँदै कोम्सोमाल्स्कायाले साइबर आक्रमणको कारण यस्तो पर्न गएको उल्लेख गरेको छ। वेबसाइट ह्याक गरी गलत सूचना राखिएको कम्पनीले बताएको छ।

गत मार्च २ यता रुसले आधिकारिक रुपमा मृत्यु भएका रुसी सैनिकको जानकारी सार्वजनिक गरेको छैन।रुसले अहिलेसम्म आफ्ना ४९८ सैनिक मारिएको मात्र पुष्टि गरेको छ। युक्रेनले भने अहिलेसम्म १५ हजारभन्दा धेरै रुसी सैनिक मारिएको दाबी गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा