शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पुटिनको धम्की : युक्रेनमा कुनै पनि विदेशी फौज प्रवेश गरे उक्त देशमाथि आक्रमण गरेर खरानी पार्ने !


  • सोमबार, चैत्र ७ २०७८
21.3K
SHARES

फाइल तस्विर

नेटो सैनिक युरोपमा फैलन थालेका र खतरनाक हतियारहरू युरोपका विभिन्न देशमा जडान गर्न थालिएको खबर बाहिरिए सँगै रुसी राष्ट्रपति पुटिनले  युक्रेनमा कुनै पनि विदेशी फौज प्रवेश गरे उक्त देशमाथि आक्रमण गर्ने चेतावनी दिएको खबरहरू बाहिरिएका छन् ।

युक्रेन रुस युद्धमा नेटो सेना युक्रेनमा भित्रिएर रुसी सेनामाथि हमला गर्न सक्ने अनुमानले रुस त्रसित बनेको खबरहरू समेत बाहिरिन थालेका बेला रुसले युक्रेनमा कुनै पनि विदेशी फौज आए उक्त देशमाथि आक्रमण गर्ने चेतावनी दिएको  खबर बाहिरिएको छ ।

पछिल्लो समय रुसले युक्रेनमाथि खतरनाक हतियार प्रयोग गर्न थालेको छ । उसले हाइपरसोनिक मिसाइलको दुई पटक प्रयोग गरिसकेको छ ।

युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आत्मसमर्पण अस्वीकार गरेसँगै रुसले युक्रेनमा कुनै पनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि आक्रमण गर्ने धम्की दिएको हो । यो धम्की सँगै युद्ध झनै चर्कने सङ्केत देखा परेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा