शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

श्रीलङ्कामा चरम आर्थिक सङ्कट : पेट्रोल किन्ने लाइनमा उभिँदा दुईको मृत्यु !


  • सोमबार, चैत्र ७ २०७८
16.9K
SHARES

फाइल तस्विर

श्रीलङ्कामा चरम आर्थिक सङ्कट देखा परेको छ । समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको बताइएको छ ।

क्यान्डी सहरका मट्टीतेल किन्न लाइनमा उभिएका अर्का ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको थियो। पाँच घन्टा लाइनमा उभिएका उनी बेहोस भएर लडेपछि अस्पताल लगिएको थियो तर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।  चर्को गर्मीमा घन्टौंसम्म लाइनमा बस्नुपर्दा श्रीलंकनले ज्यादै सास्ती भोग्नु परेको छ। श्रीलङ्कामा ग्यास पेट्रोलको मुल्य अत्याधिक बढेको छ ।

श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ। समस्या यति जटिल छ कि श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ।

आर्थिक संकटले २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर  पारेको छ। पेट्रोल, ग्यासदेखि दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली बढेको छ। सामान किन्न पसलहरूमा लामा लामा लाइन देखिन्छन्। केही अत्यावश्यक वस्तुमा सरकारले कोटा निर्धारण गरिदिएको छ।

राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारविरूद्ध प्रदर्शनहरू भइरहेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा