काठमाडौं । शरिरको वृद्धि विकासका लागि मासु खान आवश्यक छ। नेपालमा अत्यभिक मासु खानेहरुको पनि ठूलै संख्या रहेको छ। तर केही मानिसका लागि भने मासु निकै हानिकारक हुन सक्छ ।
मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन नै बनेको छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्न सक्छ ।
कस्ता रोगीकालागि मासु हानीकारक ?
– मुटु रोग
– उच्च रक्तचाप
– मधुमेह
– मृगौला रोग
– यूरिक एसिड
– मोटोपन
– कोलेस्टेरोल बढ्ने
– कब्जीयत
– क्यान्सर र
– ग्यासट्राइटिस
त्यसैले यी रोगका मानिसले सकेसम्म मासुको सेवन नगर्ने र गर्नै परे पनि कम मात्रामा गर्नु पर्दछ । अझ उसिनेको मासु मात्र खानु राम्रो मानिन्छ । यसकालागि पंक्षीजन्य मासुको सेवन मात्र उपयुक्त मानिन्छ । सकेसम्म खसि, रागाँको रातो मासु खानु उपयुक्त हुदैँन ।
कस्तो मासु कसरी खाने ?
सुरुमा खसी बोका कुखुरा च्याङग्रा किन्दा नै मेडिकल डाक्टरले स्वस्थ्य छ भनेर प्रमाणित गरेको मात्रै किन्नुपर्छ । त्यसरी सम्भव नभए नजिकैको पसल, जहाँ आफूलाई विश्वास लाग्छ त्यहीँबाट मात्र मासु किन्नुपर्ने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बताउनुभयो । । जहाँ पायो त्यहिँबाट मासु लिनु नहुने भन्दै डा. उप्रतीले मासु लेराइसकेपछि राम्रोसँग पकाएर मात्रै खान सुझाव दिनुभयाे ।
राम्रोसँग नपाकेको मासुले शरीरलाई हानी गर्ने चिकित्सकहरु बताउँछन् । मासुमा राँगा खसी भन्दा कुखुरा, माछा स्वस्थ्यकर हुने बताइन्छ । खसीमा रेडीमेट बढी हुन्छ । छाला खाँदा पनि पाँचन प्रक्रियामा असर गर्ने डा. उप्रतीले बताउनुभयाे । छालामा धेरै बोसो हुने भएकाले त्यो स्वस्थ्यकर हुँदैन। पोलेर साँधेर भुटेर राखेको मासुमा क्यान्सर बनाउने तत्व हुने डा. उप्रेतीको भनाई छ ।