शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रुसले फेरि युक्रेनमाथि प्रहार गर्‍यो हाइपरसोनिक मिसाइल !


  • आइतबार, चैत्र ६ २०७८
13.1K
SHARES

फाइल तस्विर

रुसले युक्रेनमाथि लगातार हमला जारी राखेको छ । रुसी सेनाले युक्रेनका विभिन्न ठाउँमा आक्रमण गरेर क्षति पुर्‍याएको समाचारहरूमा उल्लेख छ । युक्रेनमा ठुलो जनधनको क्षति समेत भइसकेको छ । हज्जारौ युक्रेनीहरु सणनार्थि हुन पुगेका छन् ।

रुसले आज आइतबार पनि  युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको समाचारहरूमा उल्लेख छ ।

‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्‍यो’, रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।

याे पनि पढ्नुहाेस्:

‘बरु ध्वस्त हुन्छौँ, रुस समक्ष आत्मसमर्पण गर्दैनौँ’

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको सिधा वार्ताका लागि फेरि आह्वान गरेका छन् । जारी युद्ध रोक्ने एकमात्र विकल्प पुटिनसँगको सिधा वार्ताबाट मात्रै सम्भव रहेको उनले उल्लेख गर्दै आएका छन् ।

युक्रेन र रुसका प्रतिनिधिबीच विभिन्न चरणको वार्ता भए पनि हालसम्म कुनै प्रगति हाँसिल भएको छैन । युद्धको आदेश पुटिनले दिएको र त्यसलाई रोक्ने निर्णय पनि उनले नै गर्न सक्ने आफूहरुलाई थाहा रहेको जेलेन्स्कीले बताएका हुन् । सोही कारण पुटिनसँगको सिधा वार्ताका लागि आफूले जोड दिँदै आएको जेलेन्स्कीको भनाइ छ ।

कुनै पनि संरचनामा पुटिनसँग सिधा वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आह्वान गरेका हुन् । उनले भनेका छन्, ‘सिधा वार्ता बिना उनीहरु यो युद्ध रोक्नका लागि के चाहन्छ वा के गर्न तयार छन् भन्ने थाहा हुँदैन ।’

जेलेन्स्कीले कुनै पनि अवस्थामा आक्रमणकारी समक्ष आत्मसमर्पण नगर्ने बताएका छन् । रुसी आक्रमणकारीले आत्मसमर्पण गराउने खोज्दा पूरै शहरहरु ध्व,स्त पार्ने जेलेन्स्कीले बताएका हुन् ।

कुनै पनि अवस्थामा राजधानी किएभ, उत्तरी शहर खार्किभ वा गम्भीर गो,ला,बारीले ध्व,स्त भएको र घेराबन्दीमा परेको मारिपोल या अरु कुनै शहर आफ्ना देशका नागरिकले रुसी आ,क्रमणकारीलाई हस्तान्तरण नगर्ने स्पष्ट पारेका छन् ।उनले भनेका छन्, ‘युक्रेनले रुसको अल्टिमेटम पूरा गर्दैन । त्यसका लागि हामी पहिले ध्व,स्त हुनु पर्छ ।’रुसले मारिपोल शहरलाई आत्मसर्मपण गर्न अल्टिमेटम दिएको थियो । तर युक्रेनले त्यसलाई ठाडै अस्वीकार गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा