शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पुटिनलाई मारिन्छु भन्ने डर, डरकै कारण अङ्गरक्षकसहित एक हजार व्यक्तिगत कर्मचारी हटाए


  • आइतबार, चैत्र ६ २०७८
18.4K
SHARES

फाइल तस्विर

रुस युक्रेन अहिले युद्धमा छन् । रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । विश्वभर पुटिनको विरोध समेत भइरहेको छ । युद्धमा होमिएर धेरै युक्रेनीको ज्यान मारेको अभियोग पुटीनलाई लगेको छ ।

पुटिनले आफ्ना व्यक्तिगत कर्मचारीमध्येबाट लगभग एक हजार सदस्यलाई हटाएका छन् । पुटिनलाई यी मानिसले आफ्नो हत्या गर्नसक्ने डर छ । उनले हटाएका कर्मचारीमध्ये अङ्गरक्षक, कुक, कपडा धुने र निजी सचिव समेत समावेश छन् ।

यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ । पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो ।

युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ । अमेरिकी सांसदले गरे आशंका अमेरिकाको साउथ क्यारोलिनाका सांसद लिन्डसे ग्राहमले यसै महिनाको सुरुवातमा पुटिनको तुलना एडोल्फ हिटलरसँग गरेका थिए । युद्ध समाप्त पार्ने एकमात्र तरिका भनेको कसैले उनको हत्या गरिदिनुपर्ने उनले बताएका थिए । विष दिने विषयमा बदनाम छ क्रेमिलिन लिन्डसे ग्राहमले डेली बीस्टसँगको कुराकानीमा पुटिनलाई विष दिन वा दिलाउने काम कुनै विदेशी सरकारबाट नहुने बताएका छन् ।

उनले भने, ‘क्रेमलिन रुसी राष्ट्रपतिको कार्यालय भित्रनै यसको प्रयास हुनेछ ।’ रुसी जासुसी विभाग सम्भवतः एकमात्र यस्तो संस्था बाँकी रहेको छ, जसले मानिसको हत्याका लागि उनीहरुलाई विष दिने गर्छ । विष दिने घटनालाई पहिले क्रेमलिनलाई जोडेर हेर्ने गरिन्थ्यो ।क्रेमलिनका आलोचकहरुलाई नर्भ एजेन्ट नोभिचिक दिइने गरिन्थ्यो । पुटिनका सबैभन्दा ठूला आलोचक एलेक्सी नभालनीलाई २०२० को अगस्टमा नोभिचिक दिइएको थियो । तर उपचार पाएकाले उनको जीवन बच्न सफल भएको थियो । हाल उनी रुसको एक जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा