शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

म्यानमारमा कार दुर्घटना, ७ जनाको ज्यान गयो


  • आइतबार, चैत्र ६ २०७८
9.1K
SHARES

फाईल तस्बिर

म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सो कारमा सवार रहेका व्यक्तिहरु एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ । तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका उनीहरुलाई अस्पताल पुर्याइएको थियो । तर गम्भीर रुपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो । मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन् । यस दुर्घटनामा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।–सिन्ह्वा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा