शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पुटिनलाई जेलेन्स्कीको अन्तिम चेतावनी : ‘अन्यथा तिम्रा धेरै पुस्ताले पूरा गर्न नसक्ने क्षति व्यहोर्छौ’


  • शनिबार, चैत्र ५ २०७८
15.7K
SHARES

फाइल तस्विर

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार रसियासँग विलम्ब नगरी शान्ति र सुरक्षा वार्ता गर्न आह्वान गरेका छन्। उनले यो रसियाको लागि गल्ती सच्याउने अन्तिम अवसर हो। उनले यो रुसको लागि युद्धबाट हुने क्षति कम गर्ने एक मात्र मौका भएको पनि बताए।

आफ्नो एक भिडियो जेलेन्स्कीले भने, ‘रूसको गल्तीबाट हुने क्षतिलाई कम गर्ने यो एक मात्र मौका हो। यो भेट्ने समय हो, यो कुरा गर्ने समय हो, यो युक्रेनको क्षेत्रीय अखण्डता र न्याय पुनर्स्थापित गर्ने समय हो, अन्यथा रुसले यस्तो क्षति बेहोर्नु पर्नेछ कि यसलाई ठीक गर्न धेरै पुस्ता लाग्नेछ।’

आफ्नो सम्बोधनमा, जेलेन्स्कीले रुसले क्रिमियामाथि कब्जा गरेको आठौं वर्षगाँठ मनाउन आयोजित मस्कोमा भएको विशाल र्‍यालीलाई पनि उल्लेख गरे।

र्‍यालीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका थिए। जेलेन्स्कीले भने, ‘आज, क्रिमियामा रुसले कब्जा गरेको वार्षिकोत्सवमा, मस्कोमा धेरै कुरा सुन्न पाइयो।’

‘यो ठूलो जुलुस थियो। यो र्‍यालीमा करिब २ लाख मानिस सहभागी भएको बताइएको छ जसमध्ये १ लाख सडकमा र करिब ९५ हजार रंगशालामा थिए,’

उनले थपे, ‘युक्रेनमा भएको आक्रमणमा करिब त्यति नै संख्यामा रुसी सैनिक संलग्न थिए। मस्को स्टेडियममा १४ हजार शव र हजारौं घाइतेहरू छन् भन्ने कल्पना गर्नुहोस्। यो आक्रमणमा अहिलेसम्म नै धेरै रुसी मारिएका छन्।

यो युद्धको मूल्य हो। युद्ध रोकिनु नै पर्छ।’

युक्रेनले आक्रमणको पहिलो दिनदेखि आजसम्म करिब १४ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ। मस्कोले भने ४९८ रूसी सैनिकहरू मात्र मरेका दावी गरेको छ।

बीबीसी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा