भनिन्छ, बाजले ५ सय फीट माथिबाटै पनि जमिनमा रहेको आफ्नो शिकार देख्छ । उसको पँखेटाा यति शक्तिशाली हुन्छ की उसले ६ किलोसम्म तौल उठाएर उडान भर्न सक्छ । यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जुन भिडियो हेर्दा जोकोहीलाई असामान्य लाग्न सक्छ ।
सामाजिक सञ्जजालमा सार्वजनिक सो भिडियोमा बाज उड्दै उड्दै आएर एक बच्चालाई लिएर पुनः उड्छ । पछि उसले माथिबाट बच्चा जमिनमा झारिदिन्छ र भाग्छ । भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
विवाहमा बेहुलीले लड्डु नखाएपछि कुटाकुट !
विवाहलाई आपसी सम्बन्ध र सौहार्दताको रूपमा लिइन्छ तर भारतमा विवाह समारोहमै बेहुलीलाई मिठाइ नखाँदा कुटाकुटको अवस्था आएको छ ।
हिन्दू परम्पराअनुसार हुने विवाहमा बेहुला–बेहुलीले आपसमा मिठाइ खुवाउने चलन छ । जुन चलनअनुसार बेहुलाले बेहुलीलाई मिठाइ खुवाउन खोजे तर बेहुलीले खाइनन् ।
त्यसपछि बेहुलाले त्यो मिठाइलाई बेहुलीको शरीरमा फालिदिए । त्यसपछि बेहुलीले पनि बेहुलाको शरीरमा मिठाइ फालिन् ।बेहुलीले मिठाइ फालेलगत्तै बेहुलाले आक्रोशित भएर बेहुलीमाथि हात उठाए । विवाह मण्डपमै कुटाकुटको अवस्था आयो ।
हेर्नुहोस् भिडियो –
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।