बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

सुन्दै अचम्म: विश्वको सबैभन्दा खतरनाक जेल, जहाँ एक कैदीका लागि खर्च हुन्छ डेढ अर्ब रूपैयाँ


  • KTM Khabar
  • बिहिबार, चैत्र २४ २०७८
12.2K
SHARES

सांकेतिक तस्विर

कैदी राख्नका लागि संसारमा कैयौं कारागार बनेका छन् । यी जेलहरूमध्ये धेरै खतरनाक र डरलाग्दा छन् । धेरै जेलहरू धेरै महँगा छन्, जहाँ कैदीको लागि करोडौं रूपैयाँ खर्च हुन्छ ।

हरेक कारागारमा कैदीबन्दीका लागि पैसा खर्च हुने गर्छ तर आज हामी यस्तो जेलको बारेमा बताउन गइरहेका छौँ, जसको लागत थाहा पाएर तपाई छक्क पर्नुहुनेछ । यो जेलमा संसारका डरलाग्दोदा आतंककारीहरूलाई राखिएको छ। यस जेलको नाम विश्वकै महँगो जेलको सूचीमा छ ।

यो ग्वान्टानामो बे जेल हो, जुन ग्वान्टानामो खाडीको किनारमा अवस्थित छ ।यो जेल सन् २००१ मा अमेरिकामा सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि शुरू भएको थियो । यद्यपि, विश्वको सबैभन्दा खतरनाक र महँगो जेल, ग्वान्टानामो बेको एक इकाई अप्रिल २०२१ मा बन्द गरिएको थियो ।

ग्वान्टानामो बे जेलको क्याम्प-७ मा १४ जना कैदीबन्दी राखिएको थियो । धेरैले ग्वान्टानामो जेललाई धर्तीको नर्क पनि भनेका छन् ।

ग्वान्टानामो बे जेलमा एक कैदीको लागि करीब डेढ अर्ब रूपैयाँ खर्च हुन्छ, जसका कारण यो जेल खतरनाक हुनुका साथै सबैभन्दा महँगो पनि रहेको बताइएको छ ।

यो जेलमा संसारका डरलाग्दा आतंककारीहरूलाई राखिएको छ । केही दिनअघि यही कारागारमा रहेका साउदी अरबका एक कैदी रिहा भएका थिए ।

अहमद अल-काहतानीलाई ९/११ को अपहरणमा संलग्न भएको आरोप लगाइएको थियो । यो सैन्य जेल संसारकै सबैभन्दा विवादास्पद जेल मानिन्छ । कैयौं पटक बन्दको माग पनि उठेको छ ।

यो कारागारको सुरक्षा व्यवस्था निकै कडा छ । सबैभन्दा अचम्मको कुरा के छ भने यस जेलमा एक कैदीका लागि ४५ जना सैनिक तैनाथ छन् । एक रिपोर्ट अनुसार यहाँ १८०० सैनिक तैनाथ गरिएको छ ।

यस ग्वान्टानामो जेलमा हाल ३८ जना कैदीहरू छन्, जो निकै डरलाग्दा आतंकवादी हुन् । प्रत्येक कामको लागि छुट्टै कर्मचारी छ । कारागारमा २ गोप्य मुख्यालयसहित ३ वटा भवन छन् । यस कारागारमा ३ वटा क्लिनिक पनि छन् ।

अत्याधुनिक सुविधासहितको यस कारागारभित्र अदालत, तलब बोर्ड र सुनुवाइ कक्ष रहेको छ । यहाँ निजी कोठामा कैदीले आफ्ना वकिलसँग आरामसँग कुरा गर्न सक्छन् ।

यस कारागारमा कैदीबन्दीलाई जिम, प्ले स्टेसन, सिनेमा हल जस्ता सुविधा पनि छन् । कैदीहरूको मानसिक स्वास्थ्य हेरचाह गर्न यहाँ मानसिक चिकित्सकहरू पनि तैनाथ हुन्छन् ।

क्युबामा रहेको यो जेल कुनै समय अमेरिकी नौसेनाको बेस थियो। तर सन् २००२ मा यसलाई हाइटेक जेल बनाइयो ।

डरलाग्दा आतंककारीहरूलाई यो जेलमा राख्न थालियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा यसलाई बन्द गर्ने कुरा गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा