कार्यालयमा काम गर्ने महिलाको नितम्बमा समस्या थियो, जसले गर्दा ती महिलाले काम गर्न सहज हुने नयाँ कुर्सी उपलब्ध गराउन कार्यालय प्रमुखलाई आग्रह गरिन् तर कार्यालयले उनलाई बर्खास्त गरिएको पत्र उपलब्ध गरायो ।
अन्तर्राष्ट्रिय मिडिया मिररमा प्रकाशित रिपोर्टअनुसार ब्रिटेनको घटनामा महिला कर्मचारीलाई बर्खास्त गर्ने कार्यालयलाई सरकारी निकायबाट ३५ लाख रुपैयाँ जरिवाना गरेर पीडित कर्मचारीलाई उपलब्ध गराइएको छ ।
महिला कर्मचारी लिन्डा वाकरले १८ वर्षसम्म कार्यालयमा काम गरिन् तर कार्यालयले उनलाई एउटा कुर्सी दिन आनाकानी गर्यो । पुरानो कुर्सीमा बस्दा उनलाई नितम्बमा दुखाइ हुने गरेको थियो ।
ती महिला कर्मचारीले राम्ररी काम नगरेको र बैठकमा उपस्थित नभएको आरोप कार्यालयले लगाए पनि सरकारी निकायले आवश्यक सुविधा उपलब्ध नगराएकोमा जरिवाना गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।