एजेन्सी ।
संसारमा यस्ता व्यक्तिहरू पनि छन्, जसको कामले सबैलाई आश्चर्यमा पार्ने गरेको हुन्छ ।
त्यस्तै मध्येका एक हुन् भारतको छत्तिसगढ राज्यको जशपुरमा बस्दै आएका सन्तोष लकडा । उनले बिगत १२ वर्षदेखि खानाको सट्टामा ढुंगा खाँदै आइरहेका छन् ।
ढुंगा खाएकै कारण उनी अहिले सामाजिक संजालमा भाइरल बनेका छन् । उनी ढुंगाा खाएर कसरी बाँचिरहेका छन् भन्ने विषयमा चिकित्सकहरु समेत चकित बनेका छन् । उनको ढुंगा पचाउन सक्ने पाचन शक्ति देखेर सबै अचम्ममा परेका छन् ।
ढुंगा खाँदा पनि उनी निरोगी र स्वस्थ छन् ।
ढुंगाा खाँदा आफूलाई पाचन प्रक्रियामा अहिलेसम्म कुनै समस्या नपरेको र सजिलै पच्ने गरेको उनको दाबी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।