शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पुटिनलाई इतिहासकै ठूलो क्षति, इराक र अफगानिस्तानमा २० वर्षमा मारिएकाभन्दा बढी सैनिक तीन हप्तामै मारिए, कति पुग्यो संख्या ?


  • बिहिबार, चैत्र ३ २०७८
11K
SHARES

युक्रेनमाथि आक्रमण गरेको तीन सातामै सात हजार रूसी सैनिक मा,रिएका छन्। अमेरिकी गु,प्तचर संस्थाका रिपोर्टहरूले अहिलेसम्म सात हजार बढी रूसी सैनिक मा,रिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। निकै कम हताहतीको आकलन गर्दा पनि यति सैनिक मारिएको अमेरिकी गु,प्तचरको रिपोर्टमा उल्लेख गरिएको छ।

तुलनात्मक रूपमा कमजोर मानिएको युक्रेनी सेनाको प्रतिरोधमा यति धेरै रूसी सैनिक मारिएपछि सुरक्षा मामिला विज्ञहरू अचम्ममा परेका छन्।
अमेरिकाले इराक र अफगानिस्तानमा लडेको २० वर्ष लामो यु,द्धका क्रममा पनि सात हजार अमेरिकी सैनिक मा,रिएका थिएनन्।

दोस्रो विश्वयु,द्धका क्रममा जापानको आइओ जिमामा ३६ दिनसम्म लडाइँ भएको थियो। उक्त लडा,इँमा झन्डै सात हजार नौसैनिक मा,रिएका थिए।

अमरिकी गुप्तचरहरूले अहिलेसम्म भएका रूसी सेनाका ध्वस्त भएका ट्यांक र अरू कुरालाई आधार मानेर मारिएका रूसी सैनिकबारे तथ्यांक निकालेका हुन्। अहिलेसम्म रूसी सेनाका चार जना जनरलले पनि युक्रेनमा ज्यान गुमाएका छन्।

युक्रेन आ,क्र,म,णमा १ लाख ५० हजारभन्दा बढी रूसी सैनिक संलग्न छ। तीमध्ये १४ देखि २१ हजार घाइतेहरू छन्। ठूलो संख्यामा आफ्ना सैनिक मारिएका कारण रूसी स्थल सेनाले आफ्नो कारबाहीलाई तीव्र गतिमा अघि बढाउन नसकेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

रूसी सेनाको युद्ध सुरू भएको अर्कै दिन नै युक्रेनको राजधानी किएभ नजिक पुगिसकेका थिए। पछि झन्डै ६५ किलोमिटर लामो रूसी सेनाको गाडीको लावालस्कर पनि किएभतिर अघि बढेको थियो। तर रूसी सेनाले अहिले पनि किएभबाहिर रोकिएको छ। स्थलभन्दा हवाई आक्रमणलाई रूसले जोड दिएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन अधिकारीहरूले युद्धमा मर्ने रूसी सैनिकको उच्च संख्याले युद्ध जारी राख्ने उनीहरूको इच्छालाई नष्ट गर्न सक्ने बताएका छन्।

रूसले युक्रेनको प्रतिरोधमा आफ्ना कति सैनिक मा,रिए भन्ने विवरण दिएको छैन। केही दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणमा १३ सय सैनिक मारिएको बताएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिने फेब्रुअरी २४ मा युक्रेनमाथि आ,क्र,म,णको घोषणा गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा