शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

फेसबुकपछि रूसले इन्स्टाग्राममा पनि लगायो प्रतिबन्ध


  • सोमबार, फाल्गुन ३० २०७८
11K
SHARES

यूक्रेनमाथि रूसको हमलाको असर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि पनि पर्न थालेको छ। रूसका मानिसहरूले अब सामाजिक सञ्जाल  इन्स्टाग्राम पनि प्रयोग गर्न सक्ने छैनन्। रूसको सरकारले फेसबुकपछि अब इन्स्टाग्राममाथि पनि प्रतिबन्ध लगाएको छ।

रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो। गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको छ। ट्विटरले रूस र यूक्रेनबीच जारी युद्धबीच विज्ञापनमा रोक लगाएको छ।

मेटाको स्वामित्वमा रहेको फेसबुक एपमा रूसले अगावै प्रतिबन्ध लगाइसकेको छ। अब मेटा कै स्वामित्वमा रहेको दोस्रो एप इन्स्टाग्रामलाई पनि रूसमा प्रतिबन्धित गरिएको छ।

फेसबुक र इन्स्टाग्राम बाहेक रूसमा टिकटकमा पनि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। टिकटक प्रयोगकर्ताहरूले अपलोड गरेको भिडियो हेर्न सक्छन्‚ तर नयॉं भिडियो अपलोड गर्न सक्दैनन्।
(एजेन्सीको सहयोगमा)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा