शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रुसद्वारा पश्चिमी युक्रेनमा आक्रमण, रुसले अर्को युद्धमोर्चा खोल्न लागेको हो ?


  • शुक्रबार, फाल्गुन २७ २०७८
13.4K
SHARES

फाइल तस्विर

रुसले युक्रेनको पश्चिमी क्षेत्रमा आक्रमण गरेको छ । रुसले पश्चिमी युक्रेनका शहरहरू इभानोफ्राङ्किभ्स्क र लुत्स्कका विमानस्थललाई लक्षित गरी हवाई आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

इभानोफ्राङ्किभ्स शहरका मेयर रुस्लान मात्र्सिनकिभले शहरका बासिन्दाहरूलाई हवाई आक्रमणबाट बच्न सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । त्यस्तै, लुत्स्क शहरका मेयरले पनि त्यहाँ रहेको विमानस्थलमा रुसी फौजले आक्रमण गरेको जनाएका छन् ।

यी शहरहरु रुसी फौजले हाल आक्रमण गरिरहेको क्षेत्रभन्दा धेरै टाढा पश्चिमी दिशामा रहेको समाचार संस्था एपीले जनाएको छ । यससँगै रुसले युद्धमा नयाँ दिशामा मोर्चा खोल्न लागेको हुनसक्ने जनाइएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि विभिन्न मुलुकहरुले नाकाबन्दी लगाएसँगै रुसमाथि आर्थिक दबाब बढ्दै गइरहेको छ । यद्यपि आर्थिक दबाबको बेवास्ता गर्दै रुसले युक्रेनमा आक्रमण जारी नै राखेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा