रुसले युक्रेनको मरियुपोलस्थित एक बाल अस्पतालमा बमबारी गरेको र त्यसबाट १७ जना घाइते भएको युक्रेनका अधिकारीहरुले दाबी गरेका छन् । मिडिया रिपोर्टस्का अनुसार रुसी आक्रमणबाट सो अस्पताल पूर्णरुपमा नष्ट भएको छ ।
यो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आक्रोश व्यक्त गर्दै युद्ध अपराधको संज्ञा दिएका छन् । उनले अस्पतालको अवस्थाको भिडियो फुटेज ट्वीट गर्दै रुसको बर्बरताप्रति विश्व कहिलेसम्म चुप लागेर बस्छ भनेर पनि प्रश्न गरेका छन् ।
संयुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले पनि अस्पतालमा गरिएको आक्रमणको निन्दा गरेका छन् ।
युक्रेनी राष्ट्रपतिले सो अस्पतालको भग्नावशेषमा बालबालिकाहरु दबेको हुनसक्ने बताएका छन् । मारियुपोलको सिटी काउन्सिलले हवाई आक्रमणबाट अस्पताल तहसनहस भएको र भारी क्षति पुगेको जनाएको छ । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बालअस्पतालमा थुप्रै बम खसालेका थिए र प्रसूति वार्डलाईसमेत निशाना बनाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।