शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु


  • बिहिबार, फाल्गुन २६ २०७८
7.9K
SHARES

फाइल तस्वि

सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ ।

अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो ।

अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको मृत्यु भएको जानकारी दिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ- केही दिनयता उनको स्वास्थ्य अवस्था बिगि्रंदै गएको थियो । तर अन्तिम घण्टासम्म पनि आफ्ना परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । उनलाई निको हुँदैन भन्ने जान्दाजान्दै पनि उनको उपचार जारी राखिएको थियो ।

मुटु प्रत्यारोपण गर्ने चिकित्सक टोलीको नेतृत्व गरेका सर्जन बार्टले ग्रिफिथले भेनका छन्, ‘उनी एक बहादुर र महान बिरामी सावित भए । उनले अन्तिमसमयसम्म लडाइ लडे । हामी उनको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा