शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रुसविरुद्ध जंगल, मैदान र समुद्री किनारबाट आक्रमण जारी राख्छौं : युक्रेनका राष्ट्रपति


  • बुधबार, फाल्गुन २५ २०७८
9.8K
SHARES

फाइल तस्विर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् । बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् ।

सम्बोधनको क्रममा उनले शेक्सपियर र विन्स्टन चर्चिलको व्याख्या गर्दै युक्रेनीहरुले रुसी आक्रमणको प्रतिरोध जारी राख्ने बताए । उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई रुसविरुद्ध थप प्रतिबन्ध लगाउन र युक्रेनमा मानवीय सहायता जारी राख्न आह्वान गरेका थिए । उनले रुसलाई आतंकवादी घोषणा गर्न आह्वान समेत गरेको अलजजिराले जनाएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्सीकले युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्नुपर्ने आफ्नो पुरानै मागलाई दोहोर्याएका थिए । तर यो माग नेटो सैनिकले हालससम्म मानिरहेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा