शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पुटिनलाई जेलेन्स्कीले चुनौती दिँदै खुलाए आफु बसेको लोकेसन


  • बुधबार, फाल्गुन २५ २०७८
11.9K
SHARES

फाइल तस्विर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू कुनै पनि हालतमा किभ छाडेर अन्यत्र नजाने प्रतिज्ञा गरेका छन् । सामाजिक सञ्जालमार्फत एक अभिव्यक्ति सार्वजनिक गर्दै जेलेन्स्किीले यस्तो प्रतिज्ञा गरेका हुन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफू बसिरहेको ‘लोकेसन’ समेत खुलाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “म बान्कोभा स्ट्रिटमा छु । म लुकेको छैन । म कसैसँग डराएको छैन ।”

बन्कोभा स्ट्रिट भनेको राष्ट्रपति भवन तथा कार्यालय भएको ठाउँ हो । उनको क्यामराले राष्ट्रपति कार्यालयअगाडिको सडकपारि देखाएको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

अहिले नै रुसलाई नरोक्ने हो भने नेटोका अरू सदस्य राष्ट्रको पनि यस्तै हालत हुने चेतावनी समेत उनले दिएका छन् । एबीसी न्युजसँग बोल्दै उनले भनेका छन्, “पहिलो सिकार हामी भयौँ । अब दोस्रो तपाईँहरू जोकोही पनि हुन सक्नुहुन्छ । किनकि, राक्षसले जति धेरै खायो उसलाई झन्–झन् बढी चाहिनेछ ।

युद्ध सुरु भएदेखि एकै हप्तामा तीनपटक हत्या प्रयासबाट बचेका जेलेन्स्कीले किभ नछाड्ने अडान राख्दै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा