बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

रुसविरुद्धको लडाइ अन्तिम सास रहेसम्म छोड्दैनौँ : युक्रेनी राष्ट्रपति


  • बुधबार, फाल्गुन २५ २०७८
10.4K
SHARES

तस्बिर : फाईल

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् ।

बेलायतको संसद् हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए । ‘हामीले आत्मसमर्पण गर्दैनौँ । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौँ ’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने ।

रुसविरुद्धको लडाइमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने बताएको थियो ।

रुसले युक्रेनमाथि हमला गर्न छोडेको अवस्था छैन । कुनै पनि हालतमा अहिलेको सत्ता अपदस्त गरेर आफ्नो इसारामा चल्ने सरकार युक्रेनमा रसिया ल्याउन चाहन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा