शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुसी अधिनस्थ फौजले युक्रेनी बालबालिकाहरुको हत्या गरिरहेका छन् : जेलेन्स्की पत्नी


  • सोमबार, फाल्गुन २३ २०७८
14K
SHARES

फाइल तस्विर

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले ‘युक्रेनमा रुसी अधिनस्थ फौजले युक्रेनी बालबालिकाहरुको हत्या गरिरहेको आरोप लगाएकी छन् ।जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् ।

उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ घोषणा गर्न समेत आह्वान गरिन् । नले लेखेकी छिन्, ‘युक्रेनमा रुसी अधिनस्थ फौजले युक्रेनी बालबालिकाहरुको हत्या गरिरहेका छन् । जानाजान र एकोहोरो शैलीमा ।’

‘मैले यो भन्नै पर्छ । युक्रेनमा अहिलेसम्म ३८ बालबालिकाको ज्यान गइसकेको छ । हाम्रा शान्तिप्रिय शहरहरुमा जारी गोलाबारीका कारण यो सङ्ख्या बढिरहेको छ ।’ उनले लेखेकी छिन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा