जापानी विदेश मन्त्रालयले युक्रेनमा जारी युद्धलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ।
विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएर स्तर ३ मा पुर्याएको छ । जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको विदेशमन्त्रालयले जनाएको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष स्तर ४ को चेतावनी दिइएको छ ।
जापानी विदेश मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई अझै बलियो बनाउन सकिने बताएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार हाल रुसमा २ हजार ४ सय जापानी नागरिक रहेका छन् ।
रुसले गत फेब्रुअरी २४ म युक्रेनमाथि आक्रमण गरेको हो । रुसी आक्रमणको प्रतिक्रियामा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू, संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द गर्ने र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।