शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

युक्रेनको मारिओपोल शहरमा पुन अस्थायी युद्धविराम


  • आइतबार, फाल्गुन २२ २०७८
9.2K
SHARES

फाइल तस्विर

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ । मारिओपोल शहरमा स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।

यसअघि पनि सो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो । तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

यस अघी रुसी पक्षले दुईवटा शहरका लागि सहमति गरिएको अस्थायी युद्धविरामलाई लागु नगरेको भन्दै सो कार्य स्थगित गरिएको युक्रेनी अधिकारीले बताएका थिए ।

रुसले भने युक्रेनी राष्ट्रवादीहरुले नागरिकलाई शहर छाड्न नदिएको आरोप लगाएको छ । रुसले मारिओपोल र भोल्नोवाका शहरमा मानवीय सहायता द्वारमा अस्थायी युद्धविरामको घोषणा गरेर जनतालाई बाहिर निकाल्ने प्रयत्न गरेको बताईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा