शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दुस्मनलाई आफ्ना शहरहरूबाट बाहिर फाल्नुपर्छ : राष्ट्रपति जेलेन्स्की


  • आइतबार, फाल्गुन २२ २०७८
8K
SHARES

फाइल तस्विर

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसी आक्रमण विरुद्ध लडाइँ जारी राख्दै दुस्मनलाई आफ्ना शहरहरूबाट बाहिर फाल्नु पार्ने आफ्ना जनतालाई भनेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन गरेका थिए।  सम्बोधनका क्रममा जनतालई युद्द जारी राख्न समेत बताएका छन् ।

जनतामा उत्साह बढाउँदै उनले अब जवाफ दिने समय आएको बताए। ‘तपाईंहरु बाहिर आउनु पर्छ र यो दुस्मनलाई आफ्ना शहरहरूबाट बाहिर फाल्नुपर्छ’, उनले भने।

योसँगै उनले युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल गरेका छन्। उनले अमेरिकालाई रुसी निर्मित लडाकु विमान उपलब्ध गराउन आग्रह गरेका छन्। यी विमानहरू युक्रेनी पाइलटहरूले सञ्चालन गर्न सक्छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा