रसियाको सुरक्षा परिषद्को एक बैठकमा सम्बोधन गर्दै रसिएन राष्ट्रपति पुटिनले युक्रेनमाथि योजनाअनुसार नै हमला गरेको बताएका छन् । बिहीबार उक्त बैठकमा धारणा राख्दै सो कुरा बताएका हुन ।
हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– पुटिनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको समेत बताउँदै रुसी सेनाको प्रशंसा समेत गरेका छन् ।
पुटीनले भनेका छन् रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ । रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसै कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको खुलाएका छन् ।
रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।