युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसी बलले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा हमला गरेको जानकारी दिएका छन् । उनले संसारभरीका देशसँग मद्दतको अपिल गरेका छन् । ट्वीटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्ट खतरामा भएको बताएका छन् ।
जेलेन्स्कीले रुसी बलले जानीजानी परमाणु पावर प्लान्टलाई निशाना बनाइरहेको बताए । उनले सन् १९८६ मा चेर्नोबिल परमाणु दुर्घटनालाई उद्धृत गर्दै जेपोरजियाको ६ रियाक्टरमा कुनै दुर्घटना भए यसको नतिजा भयानक हुने बताएका छन् । जेलेन्स्कीले भने, ‘युरोपका जनता कृपया जागा हुनुहोस् । तपाईंहरु आफ्ना नेतालाई रुसी बल युक्रेनको परमाणु प्लान्टमा हमला गरिरहेका छन् भनेर भनिदिनुहोस् ।’
जेलेन्स्कीले उनी अमेरिका, बेलायत र इयूका नेताको सम्पर्कमा भएको बताएका छन् । यसका साथै उनले आफ्नो कुरा इन्टरनेशनल टमिक एनर्जी एजेन्सीसँग पनि भएको बताएका छन् । उनले युरोपका जनतालाई आफ्ना नेतालाई जगाउन आग्रह गरेका छन् । जेलेन्स्कीले रुसी प्रोपोगान्डाले अतितमा संसार परमाणुको खरानी ढाकिने बताएको र अब यो चेतावनी साँचो हुँदै गइरहेको देखिएको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।