संयुक्त राष्ट्र महासभामा उत्तर कोरियाका दूतले युक्रेनमाथि रुसको हमलाका लागि अमेरिकालाई जिम्मेवार रहेको बताएको छ ।
वासिङ्टनको आधिपत्यको नीतिले अन्य देशको सुरक्षालाई पनि खतरा पुर्याएको उत्तर कोरियाको बुझाई छ ।
दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले संयुक्त राष्ट्र महासभामा भएको आपतकालीन सत्रका बेला किम सङले यस्तो कुरा बताएका हुन् ।
मंगलबार यसै सत्रका बेला सङले भने, ‘अमेरिका र पश्चिमले रुसको सुरक्षाको प्रत्यायभूतिको मागको अवहेलना गरे । नेटोको पूर्वमा विस्तार गर्नका लागि हतियार प्रणाली तैनाथ गर्ने कोसिस अन्तर्गत युरोपको सुरक्षा वातावरणलाई व्यवस्थित रुपमा कमजोर गरिएको छ ।’
यसअघि २८ फेब्रुअरीमा उत्तर कोरियाको विदेश मन्त्रालयले एक बयान जारी गर्दै अमेरिकाको आधिपत्य नीतिलाई रुस–युक्रेन विवादका लागि जिम्मेवार ठहर गरेको थियो ।
संयुक्त राष्ट्रमा दक्षिण कोरियाका दूत चो ह्यूनले युक्रेन संघर्ष रुसले आफैंले छानेको युद्ध बताएका थिए । -एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।