युक्रेन राजधानी किभ नजिकै पुग्यो रुसी सेना पुगेको अन्तराष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् । युक्रेनले आफ्ना नागरिकलाई रुसको सामना गर्न हतियार समेत बड्ने निर्णय गरेको छ ।
युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत छन् । रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सय जनाको मृत्यु भइसकेको र एक हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै राजधानी किभवासीलाई हतियार उपलब्ध गराएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।
रुसी सेना युक्रेनमा आक्रमण गरेको दोस्रो दिनमै राजधानी किभ नजिकै पुगेका थिए । अहिले राजधानी किभ नजिकका क्षेत्रमा भिषण संघर्ष जारी छ । राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन् ।
रुसी सेनाले युक्रेनका दोनेत्स्क, लुहान्स्क, मरिउपोल, खार्किभसहित राजधानी किभ नजिकका अधिकांश क्षेत्र कब्जामा लिइसकेको बीबीसीले जनाएको छ । रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।