शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बिहारका पूर्वमुख्यमन्त्री लालू यादवलाई ५ वर्ष जेल र ६० लाख रुपैयाँ जरिवानाकाे सजाय


  • सोमबार, फाल्गुन ९ २०७८
7.3K
SHARES

फाइल तस्विर

भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई ‘चारा घोटाला’ मुद्दामा ५ वर्षको जेल सजाय र ६० लाख भारतीय रुपैयाँ जरिवाना सुनाइएको छ ।

१३९.३५ करोड भारु अपचलनको मुद्दामा लालुसँगै ३८ जनालाई राँचीको विशेष सीबीआई अदालतले सोमबार भिडियो कन्फ्रेन्समार्फत सजाय सुनाएको हो । झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालको यो पाँचौं तथा अन्तिम मुद्दा थियो ।

१५ फेब्रुअरीमा अदालतले लालू यादवलाई यस घटनामा दोषी ठहर गरेको थियो । २०१७ मा चारा र पशुपालन घोटालाको अन्य मुद्दामा सजाय पाएपछि लालू यादव कुल आठ महिना जेलमा र ३१ महिना अस्पतालमा बसेका छन् । अहिले उनी जमानतमा जेलबाहिर छन् ।

९० को दशमा चर्चामा आएको करोडौं रुपैयाँ पशुपालन घोटाला मुद्दामा सीबीआईले त्यतिबेला ६६ वटा मुद्दा दर्ता गरेको थियो । यसमध्ये ६ मुद्दामा बिहारका तत्कालीन मुख्यमन्त्री लालु यादवलाई पनि अभियुक्त बनाइएको थियो ।

बिहार विभाजनपछि यसमध्ये पाँच मुद्दालाई झारखण्ड पठाइएको थियो । चार मुद्दामा यादवलाई पहिले नै दोषी ठहर गरेको थियो । जसमध्ये केहीमा उनले सजाय भोगिसकेका छन् भने केहीमा उनले जमानत पाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा