शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यदि पृथ्वीबाट माहुरी नष्ट भए, त्यसको ४ वर्षभित्र सबै मानव प्रजाति नष्ट हुनेछ !


  • सोमबार, फाल्गुन ९ २०७८
15.6K
SHARES

फाइल तस्विर

यदि पृथ्वीबाट माहुरी नष्ट हुने हो भने त्यसको ४ वर्षभित्र सबै मानव प्रजाति नष्ट हुनेछ भन्ने भबिस्यबाणी महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले गरेका थिए । सुन्दा अचम्म लाग्न सक्छ तर महुरी नस्ट भए मानव सभ्यतानै नस्ट हुने गर्छ । आज हामी माहुरी बारे तपाईलाई थाहा नभएका तत्थ्यहरु प्रस्तुत गर्दैछौ ।

माहुरी (मौरी) आफ्नो जीवनमा कहिल्यै सुत्दैन। यो जीव यति धेरै मेहनती हुन्छ कि एक थोपा मह खोज्न लगभग १० किलोमिटर टाढासम्म जान्छ। पहिले–पहिले जंगल तथा भीरपाखामा माहुरीको गोला देखिन्थ्यो। अचेल मानव बस्ती धेरै बढेकाले त्यो देख्न असम्भव जस्तै भएको छ। मानव जीवनको एक मुख्य अंगजस्तै मानिने माहुरीका बारेमा केही रोचक तथ्य।

– पृथ्वीमा करिब २० हजारभन्दा बढी प्रजातिका माहुरीहरू पाइन्छन्। तर, ४ प्रजातिले मात्रै मह बनाउँछन्।
– एउटा घारमा लगभग २० देखि ६० हजार पोथी, १०० वटा भाले तथा एउटा रानी माहुरी हुन्छन्।
– यसको मह पहिले नै पचिसकेको हुनाले हामीले खाँदा करिब २० मिनेटमै रगतमा पुगिसक्छ।
– माहुरीले १ सेकेन्डमा करिब २ सय पटक पँखेटा हल्लाउँछ।
– यसले एकपटकमा ५० देखि १०० वटा फूलको रस संकलन गर्छ।
– फूल खोज्न माहुरी १० किलोमिटर टाढासम्म पनि जान्छ।
– माहुरीलाई एक किलो महका लागि करिब ४० लाख फूल चुस्नुपर्छ साथै झण्डै १ लाख ५० हजार किलोमिटरको यात्रा गर्नुपर्छ।
– माहुरीको उमेर ४५ दिनको हुन्छ। जीवनभरमा यसले एउटा चम्चाको १२औं भाग बराबर मह संकलन गर्छ।
– मह हजारौं वर्ष पनि बिग्रँदैन। यो एक मात्र यस्तो खानेकुरा हो जसमा जिवन जीउन चाहिने आवश्यक सबै तत्व पाइन्छ।
– रानी माहुरी ५ वर्षसम्म बाँच्छ। यो मात्रै अन्डा दिनसक्ने माहुरी हो। यसले एक दिनमै २ हजारभन्दा बढी अन्डा दिन सक्छ।
– करिब २८ ग्राम महले एउटा माहुरीलाई पूरै पृथ्वी परिक्रमा गर्न सक्ने शक्ति प्राप्त हुन्छ।
– गहुँ, मकै तथा धानको परागण हावाद्वारा हुन्छ भने बदाम, सुन्तला, काजु, कपास, स्याउ, कफी, बैगुन, अंगुर, किवी, आँप, भिन्डी, नास्पाती, खुर्सानी, स्ट्रबेरी, तरबुजा, काँक्रो, आरु आदिको परागण माहुरीले गर्छ।
– पृथ्वीबाट माहुरी हराए बने ७० प्रतिशत फलफूल, रुखबिरुवा, घाँसपात आदि सबै नष्ट हुन्छन्।

विभिन्न एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा