शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अमेरिकाले रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको छ : पुटिन


  • बुधबार, माघ १९ २०७८
8.6K
SHARES

फाईल तस्बिर

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ ।

पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् । रुसले भने सो आरोपलाई सुरुदेखि नै खण्डन गर्दै आइरहेको छ ।

युक्रेनको सीमामा हाल करिब १ लाख रुसी सैनिक तैनाथ रहेका छन् । यसले गर्दा युद्धको आशंका बढिरहेको छ । यसबीच अमेरिका र केही युरोपेली मुलुकले युक्रेनलाई समर्थन गरिरहेका छन् । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्सीकले रुसविरुद्ध मद्दतका लागि तयार रहेकोमा पश्चिमी राष्ट्रहरूको तारिफ गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा