शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

होन्डुरसमा पहिलो महिला राष्ट्रपति


  • शुक्रबार, माघ १४ २०७८
6.8K
SHARES

फाइल तस्विर

मध्य अमेरिकी राष्ट होण्डुरसमा शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बन्नुभएको छ । लिब्रे पार्टीकी ६२ वर्षया कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती थपिरहेका बेला कास्त्रोले शपथ लिनुभएको हो ।

शपथ समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा हुनुहुन्थ्यो । उहाँलाई कु मार्फत सत्ताबाट हटाइएको थियो । कास्त्रोले गत नोभेम्बरमा भएको निर्वाचनमा विजयी हुनुभएको थियो । त्यसअघि दुईपटक निर्वाचन लडे पनि उहाँ पराजित हुनु भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा