खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिानाई हुन्छ । उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन । जब राम्ररी दिसा हुँदैन, तब यसले अनेक रोग पैदा गर्ने भय रहन्छ । खासगरी पेट एवं पाचन सम्बन्धी रोग, मलद्वार सम्बन्धी रोग निम्त्याउँछ । मलत्याग नहुँदा शरीरमा क्रमस विकार जम्मा हुँदै जान्छ र त्यसले शरीरका अन्य अंगहरुमा पनि असर गर्छ ।
त्यसैले शरीरका लागि पोषणयुक्त खानेकुरा खान जति जरुरी छ, उत्तिनै मलत्याग पनि । तर, अहिले धेरैजना कब्जियतको समस्याले ग्रस्त छन् । किन यस्तो हुन्छ ?
चिकित्सकहरुका अनुसार निस्क्रिय जीवनशैली, तारेको–भुटेको वा प्रशोधित खानेकुराको सेवन, अनियमित शौच–क्रिया आदि यसका कारण हुन् । स्पष्ट छ, कब्जियतबाट बच्न सही खानपान जरुरी हुन्छ । यसैगरी ऐशआरमको जीवन होइन, सक्रिय जीवन जरुरी हुन्छ । पर्याप्त झोल पदार्थ एवं पानी जरुरी हुन्छ । सधै एकै समय अर्थात नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नुपर्छ ।
बच्ने उपाय
कब्जियत सबैको साझा रोग हो । यो हरेक उमेर समुहका मान्छेलाई हुन्छ । हाम्रो दैनिक खानापान नमिल्दा कब्जियत भइरकेको छ । हामीले आम्रो खानपानमा थोरै मात्र ध्यान दिने हो भने कब्जियत रोक्न सक्छौँ ।
हरियो सागपात तथा फलफूल दैनिक रुपमा खाने, दैनिक तीन लिटर पानी पिउने, चिल्लो, पिरो, तारेको, भुटेको र मसलेदार खाना नखाने, चोकरयुक्त आटाको प्रयोग गर्ने, खानापछि सलादको प्रयोग गर्ने, दैनिक शारीरिक व्यायाम गर्ने मान्छेलाई नब्बे प्रतिशत कब्जियत हुने सम्भावना कम हुन्छ ।
कब्जियतका लक्षणहरु
दैनिक दिसा नलाग्नु, दिसामा रगत देखा पर्नु, दिसा गर्न अप्ठ्यारो हुनु, भोक नलाग्नु, निद्रा नलाग्नु, ग्यास्ट्रिक, अल्सर हुनु, पेट फुल्नु, वाकवाकी लाग्नु, पे्रसर बढ्नु, आन्द्रामा घाउ हुनु, छाती पोल्नु, बेहोस हुनु, दिसामा रगत देखा पर्नु आदि कब्जियतका लक्षणहरु हुन् । तर कहिलेकाहीँ आन्द्रामा घाउ भएको अवस्थामा पनि दिसा गर्दा रगत देखिनसक्छ । त्यस्तै, पायल्स हुने मुख्य कारण भनेकै कब्जियत हो ।
कब्जियतको लागि आयुर्वेदिक औषधि
हरेक उमेर समूहका मान्छेलाई लाग्ने विभिन्न रोगमध्ये कब्जियत पनि एक रोग हो । हामीले हाम्रो दैनिक खानपानमा ध्यान पुर्याएनौँ भने हामीलाई कब्जियत हुन्छ, कब्जियत भइसकेपछि पनि खानापानमा ध्यान दियौँ भने हामी कब्जियत हटाउन सक्छौँ । त्रिफला चूर्ण, पञ्चशकार चूर्ण, रेची, मृद्ध विरेचनलगायतका आयुर्वेदिक औषधि समेत प्रयोग गर्न सकिन्छ ।<
त्यस्तै, बराबर मात्रामा हर्रो, बर्रो र अमलाई पिसेर धूलो बनाई चियाचम्चाको २ चम्चा धूलो कब्जियत हटाउन हरेक दिन प्रयोग गर्न सकिन्छ ।