भिटामीन ‘सी’ को प्रयोग हाम्रो शरीरका निम्ति अत्यन्त आवश्यक तत्व हो। यस भिटामीनले हाम्रो शरीरलाई बलियो बनाउन र रोगसँग लड्न सक्ने क्षमता बढाउन मद्दत गर्छ।
महिलाले दैनिकी ७५ ग्राम र पुरुषले ९० ग्राम भिटामीन ‘सी’ को सेवन गर्नुपर्ने आवश्यक रहेको अनुसन्धानले देखाएको छ। अहिले भइरहेको कोरोना कालमा आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यस भिटामीनको ठूलो भूमिका छ।
यस भिटामीनको कमी खराब खानपिन गर्ने व्यक्ति, किड्नीको विरामी, मदिरासेवन बढी गर्ने व्यक्तिमा पाइने गरेको छ। समयमा नै यस भिटामीनको आपूर्ति नगरे विभिन्न रोगहरू लाग्न सक्छ। तर ती रोगहरूको लक्षणअघि यस किसिमका लक्षणहरू देखिने गरेको पाइएको छ।
१.घाउहरू चाँडै निको नहुनु
२.नाक र गिजाबाट रगत आउनु
३. मोटोपना बढ्नु
४.आँखा कमजोर हुनु
अन्य लक्षणहरू
यसबाहेक छालामा विभिन्न रोगहरू जस्तै छालामा चाउरी पर्ने, सुक्खापन हुने, आदि पनि भिटामीन सीकाे कमी भएको कारण हुन सक्ने देखिएकाे छ।
तसर्थ भिटामीन सीयुक्त खानामा ध्यान दिन आवश्यक छ। यो भिटामीन सुन्तला, अमला, कागती, किवी, ब्रोकाउली, भेडे खुर्सानी आदि खानेकुरामा पाइन्छ।