चीन र भारतबीच सीमाको विषयलाई लिएर सधै तनाव हुँदै आएको छ । यो अवस्थामा चीनले ४ खुट्टावाला विश्वकै ठूलो रोबोट याक बनाएको दाबी गरेको छ । चिनियाँ मीडियाका अनुसार यो रोबोटले १६० किलोसम्मको तौल उठाउन सक्छ र १ घन्टामा १० किलोमीटरसम्म हिँड्न सक्छ ।
चीनको यो रोबोट याकले भारतीय सीमामा पहाडी इलाकाको जासूसी गतिविधि गर्न सक्ने र चिनियाँ सैनिकलाई कठिन परिस्थितिमा यसले हतियारको आपूर्ति गर्न सक्ने भारतीय सञ्चार माध्यमले बताएको छ ।
चीनको सरकारी मिडियाका अनुसार यो रोबोटलाई विशेष रुपमा त्यस्तो ठाउँका लागि बनाइएको छ , जहाँ मानिसलाई काम गर्न गाह्रो हुन्छ । सरकारी मिडिया सीसीटीभी भन्छ, ‘रोबोट आफ्नो किसिमको विश्वकै पहिलो सबैभन्दा ठूलो र गह्रुँगो हो ।’
एक वयस्कको तुलनामा यो रोबोट लगभग आधा अग्लो छ । ठूलो आकारका कारण यो १६० किलो तौल उठाउन सक्ने क्षमताको रहेको छ । यो रोबोट १० किलोमीटर प्रतिघन्टाको दरमा कुद्न सक्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।