चीनका राष्ट्रपति शी जिनपिङले सोमबार दावोस वर्ल्ड इकोनोमिक फोरमको छलफलमा विश्वव्यापी भीडन्तको नतिजा भीषण हुनसक्ने चेतावनी दिएका छन् ।
कोरोना महामारीका कारण वर्ल्ड इकोनोमिक फोरमको यो बैठक भर्चुअल भइरहेको छ । राष्ट्रपति शी जिनपिङले भीडन्तले समस्याको हल ननिस्कने कुराको इतिहास साक्षी भएको बताएका छन् ।
उनले कोरोना महामारीको असरसँग जुध्नका लागि साझा कोसिसको आवश्यकता पर्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले मानवताका कारण महामारीमाथि जीत हासिल गर्न सकिने पनि बताएका छन् ।
उनले विश्वव्यापी अर्थव्यवस्थाको स्थिति थप खराब हुनबाट रोक्नका लागि आर्थिक नीतिको उत्कृष्ट समन्वयको पनि आह्वान गरेका छन् ।
शी जिनपिङको भाषणको शैली अघिल्लो पटकजस्तै थियो । उनले कोरोना महामारीसँग जुध्ने मामिलामा चीनको सफलताबारे उल्लेख गरेका छन् ।
उनका अनुसार चीन संसारको एक्लो यस्तो अर्थव्यवस्था हो जसले बलियो नतिजा दिइरहेको छ । संसारको प्रमुख शक्तिबीच देखिएको कमजोरीतर्फ संकेत गर्दै उनले भविष्यप्रति चेतावनी दिएका छन् । उनले चीन सबैलाई समेटेर अघि बढ्ने नीतिमा विश्वास गर्ने बताएका छन् ।
उनले चेतावनीयुक्त लवजमा भने, ‘देशबीच ठोस् समन्वय स्थापित गर्न आवश्यक छ र समृद्ध देशले जिम्मेवारी नीतिमाथि अमल गर्नुपर्छ ताकि उनीहरुको गतिविधिका कारण विकासशील देशलाई हानी नहोस् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।